सरकारले हुलाक बचत बैंकलाई सरकारी बैंकमा गाभ्ने जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आव २०८०÷०८१ को नीति तथा कार्यक्रममा सो कुरा बताएका हुन्।
हाल देशभरीका हुलाक बचत बैंकहरू छन्। बैंक आउन अगाडि सरकारले जनतामा बचतको बानी पार्ने उदेश्यले हुलाक बैंक संचालनमा ल्याएको थियो।
हालसम्म पनि हुलाक बचत बैंक प्रम्परागत रुपमा संचालनमा रहेका छन्।
हुलाक बचत बैंकको रेकर्ड पुरानै ढड्डामा राख्ने गरिएको छ।
जसकारण कर्मचारीले बैंकको पैसा अपचलन भएका गुनासो बढ्दै गरेको छ।
27
Shares
प्रतिक्रिया