नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ भर्ने प्रक्रिया स्थगन गरेको छ।
कम्पनीले कुनै आधारबिना आईपीओ भर्ने म्याद थप गरेपछि बोर्डले प्रक्रिया स्थगन गरेको हो।
गत असार ३१ गतेदेखि कम्पनीले प्रिमियममा आईपीओ जारी गरेको हो। आज असार ४ गते कम्पनीको आईपीओ भर्ने अन्तिम दिन थियो।
आईपीओमा माग भन्दा बढी आवेदन परेपनि कम्पनीले म्याद थप गरेको हो।
कुनै आधार तथा जानकारी नगराई कम्पनीको आईपीओ म्याद थप भएपछि बोर्डले प्रक्रिया रोकिकेको छ।
प्रतिक्रिया