ad ad

कारोबार


निसानको ‘म्याग्नाइट एसयूभी’ अब नयाँ अटोमेटिक म्यानुअल ट्रान्समिसनमा

निसानको ‘म्याग्नाइट एसयूभी’ अब नयाँ अटोमेटिक म्यानुअल ट्रान्समिसनमा

नेपालखबर
भदौ २५, २०८० सोमबार १७:४५, काठमाडौँ

नेपालमा निसान गाडीका अधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले- निसान म्याग्नाइटको नयाँ संस्करण (भेरियन्ट) सार्वजनिक गर्ने भएको छ।

नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयूभी-निसान म्यागनाइट-अब अटोमेटेड मेनुअल ट्रान्समिसन (एएमटी) सहित उपलब्ध हुनेछ।

निसान म्याग्नाइट एएमटीले स्वचालित ट्रान्समिसनको सहजतालाई-म्यानुअल ट्रान्समिसनमा चालकले अनुभव गर्ने बृहत्तम कन्ट्रोल र म्यानुअल ट्रान्समिसनको कार्यकुशलतासँग जोड्दै-दुवैतर्फको उत्कृष्ट सुविधा प्रदान गर्दछ। निसान म्याग्नाइटको नयाँ एएमटी गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध हुनेछ।

जुन एक्सएल एमआईडी, एक्सभी अपर, एक्सभी अपर (डुअल), एक्सभी प्रिमियम र एक्सभी प्रिमियम (डुअल) रहेको छ।

निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेका अनुसार, ‘निसान म्याग्नाइटमा नयाँ एएमटि सुविधा आउनुले- निसानको निरन्तर इनोभेसन (नवप्रवर्तन)द्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने सुविधालाई झल्काउँछ।’

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार,‘म्याग्नाइटमा रहेको नयाँ एएमटी सुविधा नेपाली उपभोक्ताहरूको आवश्यकता अनुसार निकै उपयोगी हुनेछ। यसले म्यानुअल र स्वचालित ट्रान्समिसन दुवैलाई उत्कृष्ट संयोजन गर्दै नेपाली सडकका लागि सुविधाजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ।’

निसान म्यागनाइट एएमटि चाँडै नै देशव्यापी रुपमा उपलब्ध हुने तयारीमा रहेको छ भने म्यागनाइट एएमटीको लन्च एही नाडा अटो शोमा हुन गहिरहेको छ।

पायोनियर मोटो कर्प-सम्पूर्ण ग्राहकहरूलाई आफ्नो नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ एएमटी भेरियन्टमा ड्राइभिङ अनुभव प्राप्त गर्न प्रोत्साहित गर्दछ।  

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालको लागि निसान गाडीको एकमात्र आधिकारिक बिक्रेता हो। कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .