लगातार घटिरहेको सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन तोलाको एक लाख नौ हजार ६ सयमा कारोबार भएको थियो।
एक सातायता सुनको भाउ लगातार ओरालो लागिरहेको छ।
आज चाँँदीको भाउ पनि घटेको छ। आइतबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
30
Shares
प्रतिक्रिया