२५ लाखमाथिको अटो कर्जाको जोखिम भार घटाइएको छ।
नेपाल राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गरी २५ लाखमाथिको अटो कर्जाको जोखिम भार घटाएको हो।
२५ लाखसम्मको अटो कर्जाको जोखिम भार १०० प्रतिशत छ। २५ लाख माथिको कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशतमा झारिएको छ।
जोखिमभार घटेसँगै अटो कर्जा बढ्ने आकलन गरिएको छ।
105
Shares
प्रतिक्रिया