काठमाडौंको टंगालमा ११० कोठाको होलिडे इन होटलको उद्घाटन भएको छ।
संस्कृित पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ होटलको ओपनिङ गरेका हुन्।
नेपाल पुलिस मुख्यालय नजिकै खुलेको होटल आईएचजी ग्रुपले व्यवस्थापन गर्दै छ। होटलमा फराकिला कोठा सहित रुफटप रेष्टुरेन्ट रहेको छ। कन्फेरेन्स, इन्भेन्टको लागि छुट्टै हलको व्यवस्था रहेको छ।
होलिडे इन एक्सप्रेसले डिसेम्बर १ बाट ग्राहकलाई सेवा दिने जानकारी दिएको छ। नेपालीसँगै विदेशी पर्यटककाल लागि उपयुक्त रहेको होटलले जनाएको छ।
आईएचजीका विश्वभर ६ हजार बढी होटल रहेका छन्।
105
Shares
प्रतिक्रिया