सरकारले इन्धनमा लगाइरहेको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डिजेल–पेट्रोलबाट उठ्ने पूर्वाधार शुल्कबाट प्रतिलिटर ५ रुपैयाँ बूढीगण्डकी जलविद्युत् आयोजनालाई उपलब्ध गराउने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ, ‘इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने।’
सञ्चारमन्त्री रेखा शर्माले सरकारको निर्णयले बूढीगण्डकी जलविद्युत् आयोजना तदरुकताका साथ अघि बढ्ने विश्वास व्यक्त गरिन्।
सरकारले बूढीगण्डकी अयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गरिसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले अयोजना स्थलमा कार्यलय स्थापनाको सिलन्यास समेत गरिसकेका छन्।
Shares
प्रतिक्रिया