सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया सुरु भएको छ। रिक्त रहेका सात न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीशले न्यायपरिषद् सदस्यहरूसँग छलफल थालेका छन्।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बिहीबारबाट रिक्त न्यायाधीश प्रक्रिया अघि बढाएका हुन्।
२१ जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा हाल १४ जना न्यायाधीश छन्।
न्यायाधीश नियुक्तिका लागि श्रेष्ठ र अर्का वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिहीबार इजलासमा नबसी छलफलमा जुटेका हुन्।
नयाँ ७ जना न्यायाधीशको सिफारिस गर्दा २ वा ३ जना कानुन व्यवसाय तथा प्राध्यापन क्षेत्र र ४ देखि ५ जना तल्ला अदालतका न्यायाधीशबाट हुन सक्नेछ।
त्यसो गर्दा हालका एक मात्र मुख्य न्यायाधीश नृपध्वज निरौला, जो दीपायल उच्च अदालतमा छन्, निर्विवादरुपमा माथि आउन सक्नेछन्।
त्यसपछि उच्चकै न्यायाधीशहरु क्रमशः सत्यमोहन जोशी थारु, सारंगा सुवेदी र रत्नबहादुर बागचन्द वरीयतामा अगाडि छन्।
Shares
प्रतिक्रिया