ad ad

कारोबार


गौतम अदानी फेरि विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीमा

गौतम अदानी फेरि विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीमा

नेपालखबर
मंसिर १३, २०८० बुधबार २०:४५, काठमाडौँ

अदानी ग्रुपका कम्पनीका सेयर मूल्यमा भएको तीव्र वृद्धिका कारण गौतम अदानी फेरि एकपटक विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीमा परेका छन्।

मंगलबार सेयर बजारमा सूचीकृत गौतम अदानीका १० वटै कम्पनीको सेयरमा तीव्र उछाल आएको छ। केही सेयरको मूल्य २० प्रतिशतसम्म वृद्धि भएको छ।

यसले ग्रुपको कूल बजार पुँजी १ लाख करोड रुपैयाँभन्दा बढी बढेको छ। ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार गौतम अदानीको पुँजी एक दिनमा करिब ६.५ अर्ब डलरले बढेको छ।

योसँगै अदानीको कूल सम्पत्ति ६६.७ बिलियन डलर पुगेको छ र उनी शीर्ष २० धनीको सूचीमा १९औँ नम्बरमा परेका छन्।

शीर्ष २० धनीको सूचीमा भारतका मुकेश अम्बानी १३औँ स्थानमा छन्। यो वर्ष उनको पुँजी २ अर्ब ३४ करोड डलरले बढेको छ।

अदानी समूहका कम्पनीको सेयर बढ्नुको कारण सर्वोच्च अदालतले अदानी–हिन्डनबर्ग मुद्दामा आफ्नो फैसला सुरक्षित राख्ने निर्णय भएको बताइरहेको छ।

सर्वोच्च अदालतले मिडिया रिपोर्टको आधारमा मात्र अदानीका मुद्दामा सेबीको अनुसन्धानमा शंका नगर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .