नेपाली सेनाले निर्माण गरिरहेको संघीय राजधानी जोड्ने काठमाडौं–तराई/मधेश द्रुतमार्गको आठौँ प्याकेज ‘बी’को ठेक्कामा तीन कम्पनी प्राविधिक रुपमा छनोट भएका छन्।
स्रोतका अनुसार केएमसी इन्डिया, आरभीएनएल–एबीएल र पोलिचाङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेड चाइना प्राविधिक रुपमा छनोट भएका हुन्।
गत पुस २ मा द्रुतमार्ग आयोजनाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।
बोलपत्रअनुसार ठेक्कामा छनोट हुने कम्पनीले उक्त प्याकेजमा दुई लेनको ड्युअल क्यारिएजवे स्ट्यान्डर्ड एक्सप्रेसवे सडक, सुरुङ, पुल, स्लोब स्टेबिलाइजेसनलगायतका काम गर्नुपर्नेछ।
ठेक्काअन्तर्गत कम्पनीले ३३ करोड २ लाख ४२ हजार ६ सय रुपैयाँ धरौटी राख्नुपर्ने र त्यसको अवधि १२० दिन हुने भनिएको थियो। बोलपत्रअनुसार आवेदन शुल्क २० हजार रुपैयाँ रहेको थियो।
बोलपत्र हाल्ने समय पुस २२ गतेसम्म रहेको थियो। सोही दिनको १ बजे बोलपत्र खोल्ने भनिएको थियो।
उक्त बोलपत्रअनुसार ती तीन कम्पनी प्राविधिक रुपमा छनोट भएका हुन्।
Shares
प्रतिक्रिया