ad ad

कारोबार


दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि २५ जनाले दिए आवेदन (नामसूची)

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि २५ जनाले दिए आवेदन (नामसूची)

नेपालखबर
माघ २१, २०८० आइतबार २०:२२, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि २५ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार आवेदनकाे अन्तिम दिन २ दर्जन बढी आवेदन परेका हुन्। 

सञ्चार मन्त्रालयका सहप्रवक्ता विशाल सापकाेटाले  २५ जनाबीचमा प्रतिस्पर्धा हुने नेपालखबरलाई जानकारी दिए। 

तत्कालीन अध्यक्ष पुरूषोत्तम खनालले राजीनामा दिएसँगै मन्त्रालयले रिक्त पदपूर्तिका लागि गत माघ १४ मा दरखास्त आह्वान गरेकाे थियाे। 

आवेदन दिनेमा मैनेजर प्रसाद साह कानु,रोहित रौनियार, देवनारायण यादव, सुरेशकुमार कार्की, प्रकाश बराल, नगेन्द्रकुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय, डोलेन्द्रप्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरेन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, भूपेन्द्र भण्डारी, पंकज कुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनाल छन्। 

मन्त्रालयले सर्टलिस्ट गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बिजनेस प्लान र अन्तर्वार्ताबाट छनाेट हुने ३ जना क्याबिनेटमा जाने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .