नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सानिगाडको प्रतिसेयर एक सय रुपैयाँले ८५ लाख ५० हजार कित्ता सेयरबापत ८५ करोड ५० लाख सेयर मूल्यबराबरको प्रत्याभूति कोषले गर्नेछ।
सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र सेयर निष्काशन गरिसक्नुपर्नेछ। ६ महिनाभित्र सेयर निष्काशन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ।
30
Shares
प्रतिक्रिया