नेपाल राष्ट्र बैंकले ५ वटा मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द गरेको छ ।
केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले तोकिएको समयमा नवीकरण नगरेका इजाजपत्र प्राप्त मनिचेञ्जरहरुको इजाजतपत्र रद्द गरिएको हो।
नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) बमोजिम खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।
लाइसेन्स खारेज हुने कम्पनीहरुमा फेयर मनि एक्सचेञ्ज प्रालि बसन्तपुर, काठमाडौं, न्यातपोल मनि एक्सचेञ्ज प्रालि तौमढी भक्तपुर, कैलाश मनि एक्सचेञ्ज प्रालि क्षेत्रपाटी काठमाडौं, ग्रेस मनि एक्सचेञ्ज प्रालि टिमुरे गोसाइकुण्ड रसुवा र रुट नेपाल मनि एक्सचेञ्ज प्रालि लालदरबार, काठमाडौं रहेको राष्ट्र बैंकले जनाएको छ।
39
Shares
प्रतिक्रिया