ad ad

कारोबार


प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने

प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १५:५९, काठमाडौँ

सरकारले प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने भएको छ। 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने बताएका हुन्। 

उनले यस अनुसार कोशीलाई उद्योग, मधेशलाई कृषि, वागमतीलाई सुचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडिबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने बताए। 

उनले स्थानीय पूर्वाधार विकास, सार्वजनिक, निजी साझेदारीमा वृहत स्तरका कृषि फर्म सञ्चालन, एक गाउँ एक उत्पादन, पर्यटन लगायतका कार्यक्रमबाट स्थानीय स्तरमा आय–आर्जन वृद्धि गर्ने कार्यलाई तीव्रता दिइने बताए। 

त्यस्तै स्थानीय तहलाई उत्पादन तथा रोजगारी केन्द्रको रुपमा विकास गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .