सरकारले निकासीकर्ताले विदेशी मुद्रा प्राप्तिको कागजात तत्काल पेस गर्न नसक्ने अवस्था भएमा त्यस्तो कागजात पछि पेस गर्ने शर्तमा निकासी गर्न सकिने भएको छ।
सरकारले यसमा निकासी मूल्यको सीमा साविकको अमेरिकी डलर १० हजारबाट वृद्धि गरी अमेरिकी डलर २५ हजार पुर्याएको छ।
अर्थमन्त्री पुनले खासगरी साना तथा मझौला निकासी कर्ता उद्योग लाभान्वित हुने बताएका छन्।
वनमारा, पात पतिङ्गर लगायत खेर जाने सामग्रीबाट बन्ने पिलेटको निकासीमा लाग्ने महशुल हटाएको छ।
117
Shares
प्रतिक्रिया