ad ad

कारोबार


युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो

बहराइन दिनारसहित केही विदेशी मुद्रा सस्तिए
युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो

नेपालखबर
असोज ७, २०८१ सोमबार ५:५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरको मूल्य घटबढ् भएको छैन। युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको मूल्य भने बढेको छ। बहराइन दिनारसहित केही मुद्रा भने सस्तिएका छन्। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ०१ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५९ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५४ पैसा थियो। 

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ १२ पैसा थियो। 

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८१ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा थियो। 

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ २० पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ १७ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर तीन सय ५३ रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ४६ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ६१ पैसा थियो। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .