ad ad

कारोबार


वाणिज्य बैंकहरूले ७ क्षेत्रमा गरेका छन् ११ खर्ब लगानी

वाणिज्य बैंकहरूले ७ क्षेत्रमा गरेका छन् ११ खर्ब लगानी

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १७:४८, काठमाडौँ

वाणिज्य बैंकहरुले ७ वटा क्षेत्रमा ११ खर्ब ७४ रुपैयाँ लगानी गरेका छन्।

राष्ट्र बैंकको सुपरभिजन विभागका अनुसार कुल लगानीको ७८ प्रतिशत लगानी सरकारी ऋणपत्र (बन्ड्स)मा गरेका हुन्।

सरकारी ऋणपत्रमा ९ खर्ब १८ अर्ब रुपैयाँ लगानी गर्दा बैंकहरुले नेपाल राष्ट्र बैंकको बन्डमा १६ अर्ब रुपैयाँ लगानी गरेका छन्। 

यस्तै धितोपत्र बजारतर्फ सेयर र डिबेन्चरमा ९३ अर्ब, अन्तरबैंक लगानीमा ६ अर्ब, फिक्स डिपोजिटमा २ अर्ब लगानी भएको छ।  

बैंकले सार्वजनिक गरेको सन २०२२/२३ को वार्षिक प्रतिवेदनमा बैंकहरुले सबैभन्दा थोरै सुनमा लगानी गरेको देखिन्छ।

बैंकले कुल लगानीको ०.०३ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ सुनमा लगानी गरेका हुन्।

योबाहेक अन्यमा भने बैंकले १ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .