ad ad

राजनीति


मन्त्री नजाने भएपछि बिम्स्टेकको ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्र सचिव नयाँदिल्ली जाँदै

मन्त्री नजाने भएपछि बिम्स्टेकको ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्र सचिव नयाँदिल्ली जाँदै

नेपालखबर
असार २६, २०८१ बुधबार १४:४८, काठमाडौँ

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरुको  ‘रिट्रिट’मा  परराष्ट्र सचिव सेवा लम्साल सहभागी हुने भएकी छिन्।

भारतको नयाँदिल्लीमा असार २७ र २८ गते हुने ‘रिट्रिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आजै त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 
‘रिट्रिट’मा परराष्ट्र मन्त्री जाने प्रचलन भए पनि नेपालमा भएको पछिल्लो राजनीतिक सत्ता परिवर्तनका कारण परराष्ट्र सचिवले प्रतिनिधित्व गरेर जान लागेको स्रोतले बतायो।

उक्त  ‘रिट्रिट’मा बिम्स्टेकको प्रारुपभित्र रहेर सहमति भएअनुरुप क्षेत्रीय चासो, सहयोग एवं साझेदारीका विषयलाई अझ सुदृढ बनाउने सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

रिट्रिटमा सहभागी हुने बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको  मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

परराष्ट्र सचिव लम्सालका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुने छिन। सचिव लम्साल असार २९ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .