ad ad

कारोबार


ऋण परिचालन नभएपछि ७७ प्रतिशतमा ओर्लियो सीडी रेसियो, बैंकमा थुप्रियो ८ खर्ब बढी रकम

ऋण परिचालन नभएपछि ७७ प्रतिशतमा ओर्लियो सीडी रेसियो, बैंकमा थुप्रियो ८ खर्ब बढी रकम

नेपालखबर
साउन ८, २०८१ मंगलबार १५:११, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा परिचालन सुस्त बनाएपछि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) निकै घटेको छ। 

राष्ट्र बैंकका अनुसार यस्तो रेसियो ७७.८७ प्रतिशतमा ओर्लिएको हो। 

पुँजीकोष सीमामा पुर्याउन नसक्नु, खराब कर्जा औसतमा ४ प्रतिशतमाथि पुग्नु जस्ता कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह घटाएपछि सीडी रेसियोमा कमी आएको हो। 

बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप र प्रवाह गरेका कर्जाको आधारमा सीडी रेसियो निकालिने गरिन्छ। अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग झण्डै ८ खर्ब माथिको तरलता छ। 

यसले पनि कर्जा निक्षेप अनुपातलाई घटाउन सहयोग पु¥याएको हो। राष्ट्र बैंकका अनुसार ६४ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप छ भने ५१ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुमा मात्रै ५७  खर्ब २९ अर्ब रुपैयाँ निक्षेप रहँदा ४५ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। 

यस्तै विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ७ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ५ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको हो।

राष्ट्र बैंकले सीडी रेसियोको अधिकतम सीमा ९० प्रशितलाई तोकेको छ। यसको मतलब बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपको ९० प्रतिशतभन्दा माथि कर्जा प्रवाह गर्नुहुँदैन भन्ने हो। सामान्यतया यस्तो अनुपात ८० देखि ९० प्रतिशतको बीचमा रहने गर्छ। 

तर पछिल्लो समय कर्जा प्रवाहमा आएको सुस्तताले गर्दा यस्तो अनुपात ७७ प्रतिशतमा ओर्लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .