ad ad

कारोबार


‘करेक्सन’का बाबजुद सेयरबजारमा २१ अर्ब ७१ करोडको किनबेच, कसले कमाए?

‘करेक्सन’का बाबजुद सेयरबजारमा २१ अर्ब ७१ करोडको किनबेच, कसले कमाए?

नेपालखबर
साउन १७, २०८१ बिहिबार १५:१६, काठमाडौँ

सेयरबजारमा आज ५.२९ अंकको ‘करेक्सन’ देखिएको छ। 

बुधबार ६४.२५ अंकले बढेको र कारोबार रकमले हालसम्मकै नयाँ उचाइ लिएपछि बजारमा बिहीबार ‘करेक्सन’ आएको हो। 

बिहीबार नेप्से २७५५.६२ विन्दुमा रोकिँदा कारोबार रकम २१ अर्ब ७१ करोड पुगेको छ। बुधबार २१ अर्ब ९१ करोडको कारोबार भएको थियो। 

साताको अन्तिम कारोबार दिन आज ५ करोड १३ लाख २१ हजार कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो। 

आजको कारोबारलाई पनि हिमालयन रि (५९ करोड ७५ लाख रुपैयाँ), शिवम् सिमेन्ट (४३ करोड ८१ लाख रुपैयाँ), सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (४२ करोड ५६ लाख रुपैयाँ), नेपाल फाइनान्स (४१ करोड ६७ लाख रुपैयाँ) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (४१ करोड ४२ लाख रुपैयाँ)ले मुख्य टेवा दिएका हुन्। 

सेयर मूल्यतर्फ भने आजको कारोबारमा ७४ वटाको बढ्दा १६४ कम्पनीको घटेको छ। तीनवटाको बुधबारकै मूल्यमा कारोबार भएको छ। 

आज बढी हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट, नेपाल हाइड्रो डेभलपर्स, शुभम् पावर, सिटी होटल र कुथेली बुखारीका लगानीकर्ताले कमाए। यी कम्पनीहरुको सेयरमा सकारात्मक सर्किट (१० प्रतिशतले बढेको) लागेको छ। लगानीकर्ताले क्रमशः प्रतिकित्ता २३.४० रुपैयाँ, ६४ रुपैयाँ, ७९ रुपैयाँ, ८७.८० रुपैयाँ र १६९.४० रुपैयाँ आम्दानी गरे। 

प्रतिसेयर नोक्सानी व्यहोर्ने लगानीकर्तातर्फ भने आज ९.१३ प्रतिशतसम्म सेयर मूल्य  घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

यसअनुसार पिपल्स हाइड्रोपावर कम्पनीको ९.१३ प्रतिशत, प्रभु बैंक डिबेन्चर ८.६५ प्रतिशत, रसुवागढी हाइड्रोपावर ७.०९ प्रतिशत, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी ६.७० प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको ६.५५ प्रतिशतले सेयर मूल्य घटेको छ। 

आज फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष, निर्जीवन बीमा सूचक सामान्य दरमा हरियो रहे पनि बाँकी उपसूचक राताम्य रहे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .