ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका चार जना सहसचिवको आन्तरिक सरुवा भएको छ।
यही साउन १७ गते चार सहसचिवको आन्तरिक सरुवा गरिएको हो।
यसअनुसार ऊर्जा महाशाखामा रहेका नवीनराज सिंहलाई ऊर्जा विकास विभागमा पठाइएको छ।
त्यसैगरी महाशाखामा ऊर्जा आयोगका चिरञ्जीवी चटौतलाई ल्याइएको छ भने जीवछ मण्डललाई चटौतको ठाउँमा पठाइएको छ।
यता अर्का सहसचिव मधुप्रसाद भेटुवाललाई बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृतमा सरुवा गरिएको छ।
405
Shares
प्रतिक्रिया