आइतबार दोहोरो अंकले बढेको नेप्सेले सर्पोट नपाउँदा सोमबार पुनः ओरालो यात्रा गरेको छ। सोमबार पनि नेप्से सूचक ५९.०२ अंकले घटेर २५२९ अंकमा आइपुगेको हो।
सूचक घटेपनि आइतबारको तुलनामा कारोबार भने यो दिन बढेको छ।
आइतबार ५ अर्ब ९ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको हो।
यो दिन १४ वटा कम्पनीको सेयरमूल्य बढ्दा २२९ कम्पनीले भएको मूल्य पनि गुमाउन पुगे।
बढ्नेमा हिमालय हाइड्रो ९.८४ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंक ८.१२ प्रतिशत, रावा इनर्जी ५.३३ प्रतिशत,नेपाल फाइनान्स ५.११ प्रतिशत मूल्य वृद्धिसहित सर्बाधिक कमाउनेमा अगाडि देखिएका छन्।
गुमाउनेमा भने आज ४ कम्पनी छन्।
गुडवील फाइनान्स, समृद्धि फाइनान्स,एनआइ सी एशिया फ्लेक्स क्याप फण्ड, इस्टर्न हाइड्रोको सेयरमूल्यमा १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लागेको हो।
Shares
प्रतिक्रिया