ad ad

कारोबार


नेप्सेले भन्यो– सामाजिक सञ्जालमा भेटिने सेयरबजार विश्लेषकको विश्वास नगर्नू

नेप्सेले भन्यो– सामाजिक सञ्जालमा भेटिने सेयरबजार विश्लेषकको विश्वास नगर्नू

नेपालखबर
असोज ७, २०८१ सोमबार १५:२१, काठमाडौँ

नेपाल स्टक एक्स्चेनज (नेप्से)ले सेयरबजार विश्लेषकको विश्वास नगर्न लगानीकर्तालाई आग्रह गरेको छ।

हालसम्म आधिकारिक रुपमा कुनै पनि विश्लेषक नियुक्त नगरेको भन्दै नेप्सेले लगानीकर्तालाई विश्वास नगर्न भनेको हो। 

बजार घटबढलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका विश्लेषकहरू देखिँदै आएका छन्।

फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जालमा वा आम विश्लेषणलाई आधार बनाएर लगानी गर्दा जोखिममा पर्न सक्ने भन्दै नेप्सेले सचेत गराएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .