ad ad

कारोबार


काठमाडौं महानगरभित्रका पसलमा सबैले देख्ने गरी मूल्यसूची राख्नुपर्ने

काठमाडौं महानगरभित्रका पसलमा सबैले देख्ने गरी मूल्यसूची राख्नुपर्ने

नेपालखबर
असोज ९, २०८१ बुधबार १४:९, काठमाडौँ

काठमाडौं महानगरपालिकाको क्षेत्रभित्रका पसलहरुले बिक्री गर्ने वस्तुको मूल्यसूची सबैले देख्ने गरी राख्नुपर्ने भएको छ। 

जरुरी सूचना निकाल्दै महानगरले खुद्रा तथा थोक बिक्रेतालाई उक्त आग्रह गरेको हो। 

यसबाहेक अंकित अधिकतम मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्ने सुनिश्चित गर्नुपर्ने, उपभोग गर्ने अवधि (ननएक्सपायरी डेट) बाँकी भएको मालसामान मात्र बिक्रीवितरण गर्नुपर्ने महानगरले जनाएको छ। 

यस्तै खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि महानगरको सूचनामा उल्लेख छ। 

महानगरले कडाइका साथ यी कुरा पालनामा जोड दिएको छ। अनुगमनका क्रममा कैफियत भेटिए, उजुरी परे र गुनासो आएमा प्रचलित कानुनअनुसार कारबाही हुने महानगरको कृषि तथा पशुपन्छी विभागले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .