ad ad

कारोबार


खाद्य व्यवस्था कम्पनीले १५ सयवटा खसी र च्यांग्रा काठमाडौं ल्याउँदै, कहिलेदेखि हुन्छ बिक्री?

खाद्य व्यवस्था कम्पनीले १५ सयवटा खसी र च्यांग्रा काठमाडौं ल्याउँदै, कहिलेदेखि हुन्छ बिक्री?

नेपालखबर
असोज १४, २०८१ सोमबार १७:४४, काठमाडौँ

दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १५ सय वटा खसी च्यांग्रा काठमाडौँ ल्याउने भएको छ। 

कम्पनीले मुस्ताङ, हेटौँडा, तुलसीपुर र नवलपुरबाट खसीबोकासहित च्यांग्रा ल्याउने भएको हो। 

दशैँका लागि कम्पनीले मुस्ताङबाट ३ सय वटा च्यांग्रा ल्याउने भएको छ भने नवलपुर,हेटौडा र तुलसीपुरबाट १२ सय वटा खसीबोका ल्याउन लागेको हो। 

भीषण वर्षातपछि अवरुद्ध बनेका काठण्डौँ आउने राजमार्गहरु खुलेमा १८ गतेबाटै कम्पनीले खसी÷बोका र च्यांग्रा बिक्री थाल्नेछ। 

कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले काठमाडौँ जोडिने राजमार्गहरुमा आवजावत सुरु भए १८ गतेबाटै बिक्री खोलिने बताइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .