त्रिभुवन विमानस्थलमा ट्राफिक अस्तव्यस्त भएको छ।
सडक यातायात अवरुद्ध हुँदा आन्तरिक उडानको चाप बढेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली आउँदा आधा घण्टा विमानस्थल बन्दले झन् अस्तव्यस्त भएको हो।
विहिबारबाट पानी परेसँगै हवाइ उडान र सडक यातायात बन्द भएका थिए। आइतबारबाट उडान सहज भए पनि सोमबारबाट मात्रै सडक यातायात आंशिक रुपमा खुलेका छन्।
त्रिभुवन विमानस्थलमा ट्राफिक चापको समयमा विमानस्थलले नोटाम जारी गरेर आधा घण्टा विमानस्थल बन्द गरायो। संयुक्त राष्ट्रसंघको महासभाबाट ओली फर्किँदा विमानस्थल आधा घण्टा बन्द गरिएको हो।
‘प्रधानमन्त्री आउने कारणले आधा घण्टाकोलागि नोटाम जारी गरिएको थियो,’ त्रिभुवन विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलले भने,‘अहिले नियमित उडान भइरहेको छ तर ट्राफिक चाप उच्च रहेको छ।’
सोमबार कति उडान हुन्छन् भन्ने तथ्यांक रातिमात्रै एकीन हुने बताए।
Shares
प्रतिक्रिया