ad ad

कारोबार


एभरेष्ट बैंकले १० प्रतिशत बोनस र साढे ५ प्रतिशत नगदै बाँड्ने

एभरेष्ट बैंकले १० प्रतिशत बोनस र साढे ५ प्रतिशत नगदै बाँड्ने

नेपालखबर
असोज २१, २०८१ सोमबार ११:३३, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको छ। 

बैंकको असोज २० मा बसेको ३०औँ वार्षिक साधारणसभाले उक्त निर्णय पारित गरेको हो। 

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको हो।

सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ। 

आव २०८१/८२ को लागि एन. अमात्य एन्ड कम्पनीलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .