ad ad

कारोबार


रुपन्देही प्रहरीद्वारा कारसहित भन्सार छलीको सामान बरामद

रुपन्देही प्रहरीद्वारा कारसहित भन्सार छलीको सामान बरामद

प्रकाश न्यौपाने
असोज ५, २०७७ सोमबार ६:४९,

रुपन्देही प्रहरीले एउटा कारसहित अवैध रुपमा भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ चोरीनिकासी भइरहेको सामान बरामद गरेको छ।

प्रहरीले बा१९च १२४९ नम्बरको कारमा भारतबाट विभिन्न माला तस्करी गरी ल्याउँदै गर्दा मायादेवी गाउँपालिका–७, घाघरा पुल नजिकबाट कार र सामान बरामद गरेको हो।

कारमा रातो ठूलो सिसाको माला ४० पिस, सानो रातो सिसाको माला ४८ पिस, कालो सिसाको माला ४२० पिस, सेतो सिसाको माला ३८४ पिस, प्लाष्टिकको माला ६० पिस, काठको ठुलो माला ३२० पिस, काठको सानो माला ५५० पिस रहेको र यी मालाको बजार मूल्य ६६ हजार ८८० बराबर रहेको रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जानकारी दिए।

यस्तै, तस्करीको माला ओसारपसारमा संलग्न उक्त कारको मूल्य १८ लाख कायम गरी सामानसहित भैरहवा भन्सार कार्यालय चलान गरिएको छ। प्रहरीले रोहिणी गाउँपालिका–२, मैनिहवाबाट पनि करिब २ लाख ३१ हजार बराबरकोको अवैध सामान बरामद गरेको छ। भारततर्फ तस्करी गरी लैजाँदै गरेको केराउ ७१ बोरा, मटर दाल बरामद गरेको छ । प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पारलेजी बिस्कुट, प्याज, सरफ, न्युरामेन्ट, रवडको डोरी पनि बरामद गरेको एसपी पोखरेलले बताए। यी सामान पनि भन्सार बुझाइएको छ।

खुल्ला सीमाको फाइदा उठाउँदै रुपन्देहीका सीमानाबाट तस्करी हुने गर्छ। अवैध क्रियाकलाप र चोरी तस्करी रोक्न भन्दै सीमा क्षेत्रमा प्रहरी सुरक्षालाई थप मजबुत बनाउँदै लगेको जनाएको छ। सीमा क्षेत्रमा सुरक्षाकर्मीको निगरानी बढेसँगै भन्सार छली चोरीतस्करी हुँदै आएको सामान धमाधम बरामद भइरहेको डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .