ad ad

कारोबार


चांगन अटोले ल्यायो चांगन एक्स्चेन्ज कार्निवल, के-के छन् अफर?

चांगन अटोले ल्यायो चांगन एक्स्चेन्ज कार्निवल, के-के छन् अफर?

नेपालखबर
फागुन २३, २०७९ मंगलबार १२:३०, काठमाडौँ

चांगन अटो नेपालले फागु पूर्णिमा तथा होलीलाई लक्षित गरी ग्रान्ड एक्स्चेन्ज कार्निवल अफर सार्वजनिक गरेको छ। 

अफरअन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि कम्पनीको सवारीसाधनको उचित मूल्यांकन पाउनेछन्। 

साथै चांगनको प्रिमियम सेडान एल्सभिन र यसै चांगनको प्रिमियम पिक-अप हन्टरसँग साट्न सक्ने कम्पनीले जनाएको छ। 

ग्राहकहरुलाई अफरअन्तर्गत २.५ लाखसम्मको नगद छुट, २ लाखसम्मको एक्स्चेन्ज बोनस, १ वर्षको सवारी मर्मत, कर तथा बीमाको फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ। 

चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएको छ। कम्पनीले विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउँदै आइरहेको छ। 

ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गरि आफ्नो गाडीको उचित मूल्यांकन गर्न सक्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .