नेपालमा कार चढ्ने परिवार ३.१ प्रतिशत मात्रै रहेका छन्।
शुक्रबार सार्वजनिक तथ्यांकअनुसार २ लाख ४ हजार ९९० जना कार/जिप/भ्यान प्रयोगकर्ता रहेका छन्।
नगरपालिकामा ४.१ प्रतिशतले प्रयोग गर्छन भने गाउँपालिकामा १.१ प्रतिशतले कार प्रयोग गर्छन्।
मोटरसाइकल र स्कुटर प्रयोगकर्ता २७.३ प्रतिशत रहेका छन्। सहरी क्षेत्रमा ३२.७ प्रतिशत र ग्रामीण क्षेत्रमा १६.२ प्रतिशतले दुईपांग्रे प्रयोग मोटर प्रयोग गर्छन्।
साइकलका प्रयोगकर्ता ३५.२ प्रतिशत रहेका छन्।
त्यस्तै घरायसी सामग्रीमा विद्युतीय पंखा ५३.१ प्रतिशत, रेफ्रिजेरेटर प्रयोगकर्ता २३.७ प्रतिशत, वाशिन मेसिन ४.२ प्रतिशत र एयर कन्डिसनर ०.८ प्रतिशत परिवारले प्रयोग गर्छन्।
चैत १०, २०७९, शुक्रबार
प्रतिक्रिया