कारोबार


हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु एक्स्काभेटर

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु एक्स्काभेटर

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १६:३९, काठमाडौँ

हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु एक्स्काभेटर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले एक्स्काभेटरलाई हाइड्रो एक्स्पोकै अवसरमा सार्वजनिक गरेका हुन्।  

 जापानीज कम्पनी कोमात्सुको उक्त एक्स्काभेटर भारतमा एसेम्बलिङ गरिएको हो । यसमा कोमात्सुको एक सय ४७ हर्सपावर क्षमताको आफ्नै इञ्जिन रहेको छ । कोमात्सुका एक्स्काभेटर चार र छ सिलिण्डर दुवैमा उपलब्ध छन् । यो एक्स्काभेटरले अन्य एक्स्काभेटरको तुलनमा कम इन्धन खपत गर्छ ।

 यसको अघिल्लो संस्करण भन्दा यो संस्करणको मूल्य रु १० लाख कम रहेको नेपालका लागि कोमात्सु एक्स्काभेटरको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका प्रबन्धक प्रदीप बरालले जानकारी दिए। हाइड्रो एक्स्पोमा सार्वजनिक गरिएको एक्स्काभेटर एक्स्पो अवधिमै तीन वटा बुकिङ भइसकेको पनि बरालले बताए। 

उनका अनुसार यसमा कोमट्याक्स जडान गरिएको र यो प्रविधिलाई सजिलैसँग मोबाइलमा लिङ्कअप गरेर घरमै बसीबसी सबै गतिविधिको अनुगमन गर्न सकिन्छ । यो एक्स्काभेटरको मेन्टिनेन्स खर्चसमेत निकै कम रहेको कम्पनीले बताएको छ । यो एक्स्काभेटर जनरल कन्स्ट्रक्सन र हाइड्रोपावर निर्माणमा निकै उपयोगी हुने प्रबन्धक बरालको भनाइ छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .