ad ad

कारोबार


निर्वाणले सार्वजनिक गरे सीजी मोटर्सले भित्र्याएको ‘आयन वाई’

निर्वाणले सार्वजनिक गरे सीजी मोटर्सले भित्र्याएको ‘आयन वाई’

जीएसी कम्पनीको आयन वाई सार्वजनिक गर्दै निर्वाण। तस्बिर : निर्वाणको ट्विटर


नेपालखबर
माघ २९, २०८० सोमबार १४:९, काठमाडौँ

चौधरी ग्रुपको अटो डिभिजन सीजी मोटर्सले जीएसी कम्पनीको आयन वाई गाडी नेपालमा सार्वजनिक गरेको छ। 

कम्पनीले रसुवागढी नाका हुँदै उक्त गाडी नेपाल ल्याएको हो। 

सीजी मोटर्सले जीएसी ब्रान्डको विद्युतीय गाडीको शोरुम थापाथलीमा राखेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला भएको बिजनेस समिटमा चौधरी ग्रुपले उक्त कम्पनीका गाडी नेपालमा बिक्री वितरण गर्ने सम्झौता गरेको थियो। 

चौधरी ग्रुपका निर्देशक समेत रहेका निर्वाण चौधरीले दुईवटा नयाँ अटो ब्रान्ड नेपाल भित्र्याउने सम्झौता गरेका थिए। 

ती दुवैको आधिकारिक बिक्रेता चौधरी ग्रुप हो। पहिलो चरणमा उक्त नाका हुँदै १५० युनिट गाडी नेपाल ल्याएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .