सरकारले विद्युतीय गाडीका कर बढाएपछि टाटाको टियागो ईभीको मूल्य बढ्ने भएको छ।
बजेटमार्फत ५० किलोवाटका गाडीमा भन्सार र अन्त:शुल्क ५–५ प्रतिशत बढाउँदा टियागोको मूल्य बढ्ने भएको हो।
सरकारले भन्सार र अन्त:शुल्कमा भ्याट, सडक दस्तुर जोड्दा अहिलेको मूल्यमा १३ प्रतिशत हाराहारीमा बढ्नेछ।
टाटाको टियागो ईभी अहिलेको मूल्य २६ लाख ४९ हजारदेखि २८ हजार ९९ हजार रुपैयाँसम्म छ। यसअनुसार सोझै हिसाबले २ लाख ५० हजारदेखि ३ लाखसम्म बढ्नसक्ने देखिन्छ।
टाटाले अहिलेसम्म नयाँ मूल्यसूची भने सार्वजनिक गरेको छैन। नेपालमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कर बढेको विषयमा छलफल भए पनि कति मूल्य बढ्ने टुंगो नलागिसकेको जनाएको छ।
बजारमा करअनुसार नै मूल्य बढाउँदा महंगो हुने भएकाले गाडीको बिक्रीमा कमी आउन सक्छ। सकेसम्म मूल्य कम गर्न भारतको उत्पादक कम्पनीसँग छलफल गरिरहेको जनाएको छ। भारतको उत्पादक कम्पनीले बढेको मूल्यमा कति व्यहोर्छ। त्यसको आधारमा टाटा टियागोको मूल्य निर्धारण हुनेछ।
नेपालमा बिक्री हुने सबैभन्दा बढी गाडीमा अहिले टाटाको टियागो पर्छ। कम्पनीले ८० प्रतिशतसम्म ऋण सुविधा दिने भएकाले धेरै ग्राहकले टियागो खरिद गर्दै आएका छन्।
Shares
प्रतिक्रिया