ad ad

कारोबार


हुन्डाईको नयाँ ईभी इन्स्टर : उन्नत प्रविधिले सुसज्जित यो कारमा हुनेछन् धेरै सहयोगी फिचर

हुन्डाईको नयाँ ईभी इन्स्टर : उन्नत प्रविधिले सुसज्जित यो कारमा हुनेछन् धेरै सहयोगी फिचर

नेपालखबर
असार १३, २०८१ बिहिबार १७:३१, काठमाडौँ

हुन्डाई मोटर कम्पनीले नयाँ पूर्ण विद्युतीय कार ‘इन्स्टर’ सार्वजनिक गरेको छ। 

ए सेग्मेन्टको सबकम्प्याक्ट ईभी बुसान इन्टरनेशनल मोबिलिटी शोमा सार्वजनिक गरेको हो। 

इन्स्टर जबर्जस्त डिजाइनसाथ आएको कम्पनीले जनाएको छ। परिष्कृत प्रविधि प्याकेजसहित सार्वजनिक गरिएको यो कार सुरक्षित, द्रुत चार्जिङ र ३५५ वर्गकिमिको उत्कृष्ट रेन्जयुक्त छ। 

इन्स्टर ड्राइभिङ डाइनामिक्स र अविच्छिन्न कनेक्टिभिटीसँगै पर्यावरणमैत्री छ। 

कस्तो छ बाहिरी स्वरूप? 
सन् २०२१ मा ल्याइएको ‘कोरिया अन्ली’ पेट्रोल पावर्ड क्यास्पर डिजाइनको विरासतमा इन्स्टरको डिजाइन गरिएको छ। यसका बडी र ह्विलबेस बढाएर धेरै भित्री स्पेसलाई जोड दिइएको छ। 

यो कार ए सेग्मेन्टका सबकम्प्याक्ट सिटी कार र ठूला बी सेग्मेन्ट कम्प्याक्ट मोडलको बीचमा छ। यसको लगेज क्यापासिटी अझ परिष्कृत भएर आएको छ। यसको कम्प्याक्ट डाइमेन्सन सिटी ड्राइभिङका लागि आइडियल हुने कम्पनीको भनाइ छ। 

हुन्डाई डिजाइन सेन्टरका प्रमुख तथा वरिष्ठ उपाध्यक्ष साइमन लस्बीले ग्लोबल अडियन्सका लागि सानो एसयूभीको छापलाई एउटा जबर्जस्त र नयाँ स्थान दिएको बताएका छन्। फरक डिजाइन र विस्तारित इन्टेरियरसँगै इन्स्टर ग्राहकलाई ध्यानमा राखेर बनाइएको उनको भनाइ छ। यसले एउटा सबकम्प्याक्ट ईभीको ड्राइभको परिभाषालाई नै बदल्ने बताए। 

इन्स्टरमा एसयूभी प्रोफाइल, क्लिन सर्फेस, उन्नत प्रविधि, सर्किट बोडशैलीको बम्पर, जबर्जस्त स्किड प्लेटजस्ता फिचर छन्। यसमा एलईडी लाइट, पिक्सेल ग्राफिक्स सिग्नलहरु, टेल ल्याम्प र बम्पर छन्। पांग्रामा १५ इन्च ह्विलकभर, १५ इन्च अलोय वा १७ इन्चको अलोय ह्विल्स राखिएको छ। 

भित्री स्वरूप 
इन्स्टरको भित्री स्वरूप उन्नत प्रविधिले सुसज्जित छ। यसमा १०.२५ इन्चको डिजिटल क्लस्टर, १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, नेभिगेसन र एक वायरलेस चार्जिङ डक रहेको छ। 

पिक्सेल थिमको मज्जाले प्रयोग भएको कारको भित्र इन्टरको स्टियरिङ ह्विलमा ग्राफिकसँगै कारको उन्नत प्रविधिलाई दर्शाउँछ। ग्राहकको रुचिअनुसार मिलान गर्न सक्ने अप्पर डोरलगायत फिचर समावेश गरिएको छ। 

पर्याप्त स्पेस रहेको गाडीमा सबै सिट फोल्ड गर्न र विस्तार गर्न सकिन्छ। ड्राइभर सिटको लचकता बढाइएको छ। 

इन्स्टरको एक्सटेरियरमा ग्राहकले कलर छान्न पाउनेछन्। यो गाडी अटलास ह्वाइट, टमब्वाय खाकी, बिजारिम खाकी म्याट र अनब्लिच्ड आइभरीलगायत विविध स्वरुपमा छ। 

द्रुत चार्जिङ क्षमता र रेन्ज 
इन्स्टरमा डीसी चार्जिङबाट द्रुत चार्ज गर्ने सुविधा छ। यसमा ४२ किलोवाट घण्टाको ब्याट्री र लामो रेन्जको ४९ किलोवाट घण्टा ब्याट्री पनि विकल्पमा पाइन्छ। दुवै मोडल बेस भेरियन्टमा ७१.१ किलोवाट (९७ पीएस) सिंगल मोटर पावर्डमा उपलब्ध छन्।  लामो रेन्ज कारमा ८४.५ किलोवाट (११५ पीएस) मोटर पावर्डको सुविधा छ। दुवै भर्जनले १४७ एनएम टर्क अफर गर्छन्। 

यो गाडीको कुल रेन्ज एकपटकको चार्जमा ३५५ वर्ग किमि छ। यसको इनर्जी कन्जम्प्सन १५.३ केडब्लुएच÷१०० किमि छ। १२० केडब्लु डीसी हाइपावर चार्जिङ स्टेसनमा चार्ज गर्दा अप्टिमल कन्डिसनमा इन्स्टरले ३० मिनेटमा १० बाट ८० प्रतिशत चार्ज हुनसक्छ।  

इन्स्टरमा ११ केडब्लुको बोर्ड चार्जरयुक्त पनि छ। बाहिर र भित्री भेहिकल टु लिडले बाह्य डिभाइसलाई पनि शक्ति प्रवाह गर्छ। अन्य उपकरणविनै बायो डिरेक्सन चार्जिङलाई सपोर्ट गर्छ। यसले ग्राहकलाई स्वतन्त्र रुपमा प्रयोग वा विद्युतीय बाइसाइकल, स्कुटर वा अन्य क्याम्पिङ इक्विपमेन्टजस्ता डिभाइस चार्ज गर्ने सुविधा मिल्छ। 

सहयोगी फिचरहरु 
यो कारमा पछिल्ला प्रविधिको भरपूर प्रयोग गरिएको छ। यसमा सुरक्षाका पछिल्ला उन्नत प्रविधि र ड्राइभिङ सहयोगी फिचर छन्। डिजिटल क्लस्टर, वान टच सनरुफ, हुन्डाई डिजिटल कि २ टचजस्ता फिचर छन्। 

यसलाई कम्पनीले ए सेग्मेन्टको सबकम्प्याक्ट अर्बान ईभीको दर्जा दिएको छ। एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), सराउन्ड भ्यु मनिटर (एसभीएम), पाकिङ कलिजन अभोइडेन्स असिस्ट रियर (पीसीए–आर), ब्लाइन्ड स्पट भ्यु मनिटर (बीभीएम) र फरवार्ड कलिजन अभोइडेन्स असिस्ट १.५ (एफसीए १.५)जस्ता फिचर छन्। 

यसबाहेक लेन किपिङ असिस्ट (एलकेए), लेन फलोइङ असिस्ट (एफएफए) पनि यो कारमा छन्। 

पहिला कोरियामा त्यसपछि युरोप, मध्यपूर्व र एसिया प्रशान्तमा 
इन्स्टर सबैभन्दा पहिला समर सिजनमा कोरियामा लन्च हुनेछ। कम्पनीका अनुसार त्यसपछि युरोप, मध्यपूर्व र एसिया प्रशान्त क्षेत्रका ग्राहकले यो कार खरिद गर्न पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .