ad ad

कारोबार


विशालनगरमा ७ रोपनी १० आनामा अपार्टमेन्ट बनाउँदै केसी र केयल ग्रुप

विशालनगरमा ७ रोपनी १० आनामा अपार्टमेन्ट बनाउँदै केसी र केयल ग्रुप

नेपालखबर
फागुन ८, २०८० मंगलबार १४:२४, काठमाडौँ

काठमाडौंको विशाल नगरमा नयाँ अपार्टमेन्ट बन्ने भएको छ। केसी ग्रुप र केयल ग्रुपले संयुक्तरुपमा डीएफएल ग्रिन्स अपार्टमेन्ट बनाउने भएका हुन्। 

पोखराको केसी ग्रुप रारा चाउचाउ उत्पादकसँगै विभिन्न हाइड्रोलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ। केयल ग्रुपले डन्डी, सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ।

सिंगापुरको कम्पनी मेनहार्डले आर्किटेक्चरल डिजाइन गरेको अपार्टमेन्टको डीएलएफल नेपाल बिल्डर्सले लक्जरियर्स अपार्टमेन्ट तयार गर्दै छ। 

७ रोपनी १० आनामा बन्नलागेको अपार्टमेन्टमा २ वटा टावर र ४६ युनिट रहनेछन्। आफ्नो परिवार र आवश्यकताको आधारमा फ्ल्याट छनोट गर्न पाउने कम्पनीले जनाएको छ। फ्ल्याटमा ३ वटा कोठा, हल र किचन रहनेछन् भने २५ सय वर्ग फिटदेखि ५८ सय वर्गफिटका फ्ल्याट हुनेछन्।

सामुदायिक हलसहित ३ बीएचके, ४ बीएचके र ५ बीएचकेसहितका फ्ल्याट रहनेछन्। ९ तल्लाको भवनमा ३ बीएचकेका १२ युनिट रहनेछन्। ४ बीएचकेका २६ युनिट छन्। 

अपार्टमेन्टमा ४ बीएचके ड्युप्लेक्स र ५ बीएचके डुप्लेक्स २–२ युनिटका र पेन्टहाउज र ड्युप्लेक्स ४ युनिटका रहने कम्पनीले जनाएको छ।

अपार्टमेन्टमा डबल बेसमेन्ट पार्किङ छ। एक युनिटको लागि २ वटा पार्किङ उपलब्ध हुनेछन्। सुरक्षाको लागि अग्नि नियन्त्रक यन्त्र, २४ सै घण्टा सिसिटिभीबाट निगरानी रहेको छ। अपार्टमेन्टभित्र इन्टरकम सुविधा समेत रहनेछ। 

हरेक युनिटमा ग्रिन बाल्कोनीसहित जिम र हेल्थ क्लब, अपार्टमेन्ट परिसरमै जगिङ ट्रयाक, स्विमिङपुल, बच्चाहरु खेल्ने ठाउँ राखिएको छ। 

अपार्टमेन्टको मूल्य प्रतिवर्गफिट २५ देखि २८ हजार रुपैयाँ राखिएको कम्पनीले जनाएको छ। अपार्टमेन्टका एक दर्जन युनिट बुकिङ भइसकेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .