भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रुपमा आबद्ध गरेको छ।
प्रिन्स दाहाल, ओलम्पिकमा ब्याडमिन्टन खेल खेल्ने पहिलो नेपाली रहेका छन्। सन् २०१९ मा जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्न सफल भएका प्रिन्सले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि आफूलाई अब्बल खेलाडीका रुपमा स्थापित गरिसकेका छन्।
‘इसेवा सधैँ कलासंस्कृति, युवा तथा खेलकुद छेत्रमा योगदान पुर्याउँदै खेलाडीहरूलाई प्रोत्साहन गर्नमा विश्वास राख्दछ’, कम्पनीले भनेको छ, ‘यसै क्रममा इसेवाले पहिले पनि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रुपमा आबद्ध गरिसकेको छ।’
इसेवाको प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले, राष्ट्रिय गौरव प्रिन्स दाहालसँग सहकार्य गर्न पाएकोमा हर्ष व्यक्त गर्दै आउने पेरिस ओलम्पिक २०२४ का लागि दाहाललाई शुभकामना दिए।
Shares
प्रतिक्रिया