ad ad

रोजगार


एमाले बागमतीको मतगणना गर्न धमाधम डाटा इन्ट्री, परिणाम आजै

एमाले बागमतीको मतगणना गर्न धमाधम डाटा इन्ट्री, परिणाम आजै

एमाले बागमतीको मत गन्न प्रक्रिया अघि बढाइँदै। तस्बिर : नेपालखबर


नेपालखबर
असोज १२, २०८० शुक्रबार २२:२६, काठमाडौँ

नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयन लागि भएको निर्वाचनको मतगणना प्रक्रिया अघि बढेको छ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही बेरअघिबाट मतगणनाा लागि डाटा इन्ट्री भइरहेको छ।

अहिले निर्वाचन मण्डलले ४० वटै विद्युतीय मेशिनको डाटा इन्ट्री गरेर सकेको छ। सबै इन्ट्री सकिएपछि ती विद्युतीय मतपेटिकाको मत जोडेर परिणाम सार्वजनिक गरिनेछ।

अब मत गनेर आजै राति परिणाम सार्वजनिक गरिँदैछ। शुक्रबार दिउँसोबाट सुरु भएको मतदान सम्पन्न भएपछि गणना अघि बढाइएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए। 

उनका अनुसार कुल ११ सय ७२ प्रतिनिधि रहेकोमा ११ सय ३१ जना मतदानमा सहभागी भएका थिए।

४१ जना प्रतिनिधि भने अनुपस्थित भएको मुख्य निर्वाचन अधिकृत मैनालीले बताए। 

एमाले बागमतीको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण प्रसाद दाहाल प्रतिस्पर्धामा छन्। उनीहरुले प्यानल नै बनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .