ad ad

कला


मेरै तलबबाट यमबुद्धको सालिक बनाउँछु : मेयर शाह

मेरै तलबबाट यमबुद्धको सालिक बनाउँछु : मेयर शाह

नेपालखबर
असार २५, २०७९ शनिबार १५:५, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह शाहले आफ्नै तलवबाट यमबुद्धको सालिक बनाउने बताएका छन्।

शाहले शनिबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो अभिव्यक्ति दिएका हुन्। उनले लेखेका छन्, 'म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।'

महानगरले यमबुद्धको सालिक बनाउनका लागि १५ लाख बजेट छुट्याएको छ।

यमबुद्धको सालिक बनाउन बजेट छुट्याएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि बालेन्द्र आफैंले सामाजिक

सञ्जालमार्फत आफ्नै तलबाट बनाउने घोषणा गरेका हुन्। 

महानगरको बजेटमा बालेन्द्रकाे आफ्नो निकट रहेकाकाे सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो।

र्‍याप गीत गाउँदा ‘यमबुद्ध’ भनेर चिनिने अनिल अधिकारीले ०७३ सालमा आत्महत्या गरेका थिए। उनको निधन लण्डनमा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .