हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा पानीमुनि विभिन्न निलो जीवहरू देखाइएको छ।
यो फिल्म जेम्स क्यामरुनले निर्देशन गरेका हुन्। फिल्ममा सुली परिवारका जेक, नियतिरी र उनका बालबच्चाको संघर्ष देखाइएको छ। यो फिल्म मार्फत जेम्सले उनीहरुले एकअर्कालाई सुरक्षित राख्न र बाँच्नका लागि गरेको संघर्ष देखाउन खोजेका छन्।
फिल्म निर्माणमा निर्देशक जेम्ससँग जोन ल्यान्डाउले सहकार्य गरेका छन्। साम वर्थिङटन, जो साल्डाना, सिगोर्नी विभर, स्टिफन लाङ, केट विन्सलेटलगायतका कालाकार अभिनय गरेका छन्।
फिल्मको कथा लेखनमा निर्देशक जेम्ससँग रिक जाफा, अमान्डा सिल्भर, जोश फ्राइडम्यान र शेन सालेर्नीले संयुक्त लेखन गरेका छन्। फिल्म पूर्णरुपमा अन्डरवाटर (पानीमुनि) छायांकन गरिएको छ।
२५ करोड अमेरिकी डलरमा निर्माण भएको यो फिल्म डिसेम्बर १६ तारिखबाट विश्वका १६० भाषामा प्रदर्शन हुनेछ।
Shares
प्रतिक्रिया