लोक गायक शंकर क्षेत्रीसँग सम्बन्ध विच्छेद गरेपछि लोक गायिका बबिता बानियाँ ‘जेरी’ निकै पीडामा परेकी छन्।
एक छोरीका अभिभावक उनीहरूले हिजो (बिहीबार) मात्र जिल्ला अदालत काठमाडौं पुगेर वैवाहिक सम्बन्ध टुंग्याएका हुन्।
त्यसयता जेरीले हरेक दिन फेसबुकमा भावुक स्टाटस लेखिरहेकी छन्।
आज (शुक्रबार) पनि उनले आफूले रचेको ‘बगेको खोली फर्की आछ र? ज्यानै फाल्छु भने नि संसारमा, मन परेकै मान्छे कल्ले पाछ र?’ बोलको गीतको भिडिओसहित पीडादायी स्टाटस लेखेकी छन्। उनले आफूले कल्पना गरेर बनाएका गीत अहिले आफ्नै जीवनमा मिलेको बताएकी छन्।
उनले लेखेकी छन्, ‘परिकल्पना गरेर शब्दहरू कोर्थेँ, गीत बनाउँथेँ, भाग्यले त्यतै डोर्याउन रैछ र!’
यस्तो छ, उनले सेयर गरेको म्युजिक भिडिओ–
4.0k
Shares
प्रतिक्रिया