नेपाली फिल्म ‘गुलाबी’को इन्ड क्ल्याप गरिएको छ। कास्कीबाट छायांकन सुरु भएको फिल्मको काठमाडौंमा आएर इन्ड क्ल्याप गरिएको हो। फिल्ममा धुम्पुस, पोखरा, काठमाडौं लगायतका स्थानको दृश्य कैद गरिएको छ।
आइतबार राति ठमेलमा फिल्मको अन्तिम दृश्य खिचेसँगै ३२ दिनमा फिल्मको छायांकन सकिएको फिल्मका निर्देशक समुन्द्र भट्टले जानकारी दिए। फिल्मका गीत भने छायांकन गर्न बाँकी रहेको भट्टको भनाइ छ।
फिल्ममा नाजिर हुसेन र सञ्चिता लुइँटेल शीर्ष भूमिकामा छन्।
पारलैङ्गिकताको कथा भन्ने ‘गुलाबी’मा सुशील सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठलगायतका कलाकार पनि देखिने छन्। निर्देशक भट्टकै कथा तथा संवाद रहेको फिल्मको संवाद लेखनमा भने नाजिर र राजकुमार श्रेष्ठले सहकार्य गरेका छन्।
27
Shares
प्रतिक्रिया