ad ad

कला


प्रचार शीर्ष कलाकारको जत्तिकै, भूमिका ‘डमी एक्टर’को

प्रचार शीर्ष कलाकारको जत्तिकै, भूमिका ‘डमी एक्टर’को

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १३:२, काठमाडौँ

बलिउड फिल्म ‘उचाइँ’ का केही दृश्य नेपालमा गरिएकै कारण यहाँ यसको ठूला चर्चा भयो। योसँगै केही नेपाली कलाकार पनि यो फिल्ममा देखिने चर्चा थियो।

फिल्म छायांकनताका नेपाली अभिनेत्री परमिता राणाले फिल्मको निकै प्रचार गरिन्। उनले फिल्म छायांकनका लागि नेपाल आएका बलिउड कलाकारसँगका तस्बिर बारम्बार पोस्ट गरिन्। त्यतिबेला फिल्ममा परमिताले राम्रै भूमिका पाएको चर्चा भएको थियो।

मोडल तथा डान्सर सरोज अधिकारीले पनि अभिनेता डेनीको जवानीको भूमिका निर्वाह गरेको भन्दै प्रचार गरियो। अहिले यो फिल्म प्रदर्शन भइरहेको छ। त्यो फिल्म नेपालमा छायांकन भएकै कारण नेपाली चलचित्रकर्मी गर्व महसुस गरिरहेका छन्। 

तर फिल्मको छायांकनबाटै प्रचारमा देखिएका सरोजलाई फिल्मको एक सिनमा समेटिएको छ। त्यही एक सिनमा पनि उनी निकै धमिलो देखिन्छन्। 

यता परमिताको भने फिल्ममा भूमिका नै देखिएको छैन। ‘उचाइँ’ छायांकनकै लागि भन्दै सगरमाथा आधार शिविरसम्म पुगेकी उनले  अभिनेत्री सारिका हसनको डमी कलाकारका रुपमा अभिनय गरेकी थिइन्। फिल्मको नेपाली लाइन प्रोड्युसरले परमितालाई डमी एक्टरका रुपमा मात्रै अनुबन्ध गरिएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .