प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आउन अब केही दिन बाँकी छ।
आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चयनको दौडधूप अन्तिम अवस्थामा पुग्दै गर्दा देश छाड्न तयार युवाहरुलाई भने त्यसले पटक्कै छोएको छैन।
नेपालको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देश छाड्नेहरुको लर्कोको मन दुखाउने दृश्य अहिले पनि उस्तै छ।
आफ्नो भविष्य खोज्न खाडीदेखि युरोप अमेरिकासम्म पस्न तयार हजारौँ युवाहरु दैनिक त्रिभुवन विमानस्थलमा देख्न सकिन्छ।
एकातिर देश छाड्नेहरुको आँसु देखिन्छ भने अर्कातिर उनीहरुलाई बिदाइ गर्न पुगेका परिवारका सदस्यको मलिन अनुहारले भावुक बनाउँछ।
दल र तिनका उम्मेदवारहरु देशमै रोजगारीको ग्यारेन्टी गर्ने नारासहित चुनावी मैदानमा उत्रिएका छन्। तर उनीहरुका नारा र एजेन्डालाई युवाहरुले पत्याउन सकेका छैनन्।
39
Shares
प्रतिक्रिया