ad ad

कला


आस्था राउतको कोसिस (भिडिओ)

आस्था राउतको कोसिस (भिडिओ)

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ९:४६, काठमाडौँ

गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘कोसिस गर’ सार्वजनिक भएको छ । गीतमा सावित्री राउतको शब्द, सुरेश अधिकारीको संगीत, महाराज थापाको एरेन्ज तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ। 

गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ। दृष्टिविहीनको गीत गाउने चाहना, आत्महत्या गर्न तयार युवकले दृष्टिविहीनको गीत सुनेपछि आत्महत्या नगर्नु, गलत साथीको संगतमा परेका एक विद्यार्थीलाई सम्झाएपछि उसले खेल जित्नुलगायतका दृश्यलाई मार्मिक ढंगले भिडिओमा देखाइएको छ। 

भिडिओमा गायिका एक घुमन्ते फोटोग्राफरका रुपमा प्रस्तुत भएकी छन्। जसले खिचेको भिडिओ फुटेज हेरेर दृष्टिविहीन गायिकालाई संगीतकार सुरेश अधिकारीले गीत गाउन स्टुडियो बोलाएका छन्। 

गीतले ‘जित्यौ भने जितिन्छ, हारे सिकिन्छ’ थिम बोकेको छ। ‘यो प्रेरणादायी गीत हो। यो गीतको भावमा जसले जे रंग पनि लगाउन सक्छ। त्यो आफ्नो बुझाइमा भर पर्ने हो’, आस्थाले भनिन्। 

भिडिओमा गायिका आस्था, ‘द भ्वाइस अफ नेपाल’की रीता राई, इश्वर लकाई खड्का, सरु दाहाल र खड्ग गन्धर्व फिचर्ड छन्। 

गायिका आस्थाकै युट्युब च्यानल आस्था राउतबाट सार्वजनिक भिडिओमा शान थापाको निर्देशन, पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको सहायक निर्देशन र सरिता मगरको मेकअप छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .