ad ad

कला


‘भैरव प्रतिभा पुरस्कार’ रामचन्द्र अधिकारीलाई

‘भैरव प्रतिभा पुरस्कार’ रामचन्द्र अधिकारीलाई

नेपालखबर
मंसिर २५, २०७९ आइतबार ११:२८, काठमाडौँ

यो वर्षको ‘भैरव प्रतिभा पुरस्कार’ कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ।

लामो समय बिरामी परेर अघिल्लो साता मात्रै अभिनयमा फर्किएका अधिकारीलाई भैरव गुठीले यस वर्षको ‘भैरव प्रतिभा पुरस्कार’ दिने निर्णय गरेको हो। 

अधिकारीलाई ५१ हजार १ सय रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिने भैरव गुठीले जनाएको छ। 

यस्तै यस वर्षको भैरव पुरस्कार विद्यादेव लुइँटेल गुठी र भैरव वाङ्‌मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने भएको छ। दुवै पुरस्कारको राशि १ लाख ११ हजार १ सय रुपैयाँ छ। 

पुरस्कार दिने व्यक्तिको नाम छनोटका लागि साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’को संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको गुठीले जनाएको छ। पुरस्कार आगामी पुस ९ गते भैरव स्मृति भवनमा वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .