ad ad

कला


संजोगलाई वर्षाको हाँसो प्यारो

संजोगलाई वर्षाको हाँसो प्यारो

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १३:३३, काठमाडौँ

नेपाली फिल्म उद्योगका चर्चित जोडी हुन् - संजोग कोइराला र वर्षा राउत। यो जोडी उति सारो चर्चा र विवादमा आउँदैन। एकताका मनमुटावको खबर सार्वजनिक भए पनि उनीहरुको सम्बन्ध भने बिग्रिएन।  

एकताका श्रीमान् संजोगसँगको सम्बन्धमा आएको दरारका कारण वर्षा चर्चामा पनि आइन्। खासै चर्चा र गसिपको विषय नबन्ने वर्षा र संजोगको जीवनमा थुप्रै उतारचढाव आएको आकलन गरिन्छ। तर उनीहरु सम्बन्धबारे खासै सार्वजनिक अभिव्यक्ति दिँदैनन्। 

संजोग र वर्षाको सहयात्राले ४ वर्षको यात्रा तय गरेको छ। वर्षा आज आफ्नो जन्मदिन मनाइरहेकी छन्। वर्षाको जन्मदिनमा संजोगले खुसीको कामना गरेका छन्। 

उनले सामाजिक सञ्जालमा वर्षालाई शुभकामना दिँदै लेखेका छन्, ‘तिम्रो जन्मदिनमा शुभकामना दिन मसँग शब्दहरुको कमी छ। तिमीलाई प्रेम र भाग्यले सधैँ साथ देओस् भन्ने कामना गर्दछु। तिम्रो मुहारमा मुस्कानले कहिले पनि नछाडोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .