ad ad

कला


‘१० लाखको माया...’ दोहोरी विवादमा परेपछि कमला घिमिरेले माफी मागिन्

‘१० लाखको माया...’ दोहोरी विवादमा परेपछि कमला घिमिरेले माफी मागिन्

फाइल तस्बिर


नेपालखबर
पुस १, २०७९ शुक्रबार १८:२२, काठमाडौँ

'१० लाखको माया महँगो भयो नि, सोल्टी बजारमा’ लाइभ दोहोरी गीत विवादमा परेपछि बालगायिका कमला घिमिरेले शुक्रबार माफी मागेकी छन्।

बलात्कार घटनामा १० लाख लिएको तर्कसहित उनले  सुमन परियारसँग गाएको दोहोरी गीत हटाउन दबाब बढेको छ। यस्तोमा उनले आफ्नोसमेत चर्को आलोचना भएपछि माफी मागेकी हुन्। 

बलात्कारपीडितलाई १० लाख रुपैयाँ दिने गरी अदालतले दिएको आदेशसँग गीतका शब्द र टुक्का मिलेका थिए। 

यो प्रकरणको गीत नाबालिग गायिका बलात्कार घटनासँग मिलाएर गाएपछि आलोचना भएको थियो। 

कमलाले गाएको गीत हाल जेलमा रहेका अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछानेसँग मिलेको छ। कमलाका गीतमा बलात्करपीडितले लगाएका जबरजस्ती करणी आरोपका घटनासँग मिलेपछि विवाद भएको हो।  

तीव्र आलोचना भएपछि बालगायिका कमलालले फेसबुकमा एक सन्देश छाड्दै आफूलई बहिनी र छोरीका रुपमा हेरेर माफी गरिदिन भनेकी छन्। 

उनले डलरको लोभमा या कुनै पीडितलाई बर्बाद बनाउन उक्त गीत आफूले नगाएको पनि बताएकी छन्। 

'जसरी अहिले दिदी...लाई लक्षित गरेर गीतलाई सामाजिक सञ्जालमा भाइरल गरिएको छ। यो कुराले दिदीलाई पर्न गएको असर, दिदीको आत्मसम्मानमा पर्न गएको असरप्रती हृदयबाटै माफी माग्छु। आफ्नै सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला', उनले भनेकी छन्, 'अब आइन्दा यस्तो गल्ती हुने छैन। र, अर्को कुरा जसरी अग्रज कलाकारहरूले यो गीतलाई लिएर पक्षविपक्षमा बोल्नुभएको छ। मबाट गल्ती हुँदा मलाई सम्झाएको भए म कति खुसी हुन्थेँ होला। हजुरहरुको उपदेश शिरोपर गर्थेँ होला। तर मन क्षतविक्षत हुने गरी लेखियो। बोलियो। यसले एकदमै दु:खी बनायो। खैर, केही छैन अब उप्रान्त गीत गाउँदा एकदम ख्याल गर्नेछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .