ad ad

कला


नीतिले भेटिन् सुनिल सेट्टी

नीतिले भेटिन् सुनिल सेट्टी

नेपालखबर
पुस ११, २०७९ सोमबार ७:४५, काठमाडौँ

नेपाली फिल्म उद्योगमा बेला बेला नीति शाहको चर्चा भैरहन्छ। फिल्ममा अभिनय गर्ने उनको चाहानालाई फिल्म उद्योगले बेला बेला मसला बनाउँने गरेको छ। नीतिले केहि नेपाली फिल्ममा साइन पनि गरिन।

नीतिले निर्माता सन्तोष सेनको फिल्म ‘हुतुतु’मा काम गर्ने चर्चा भयो। सेनले नीतिसँग औपचारिक रुपमै सम्झौता गरे। तर यो फिल्म निर्माण कार्य नै अगाडी बढ्न सकेन।

नीतिले अनमोल केसीसँग स्क्रिन शेयर गर्ने चर्चा गरियो। फिल्म ‘एक्स ९’का लागि नीतिलाई निर्माता मुकुन्द भट्टले अनुबन्धित गराए। यो फिल्मका किसिम किसिमका पोस्टर पनि सार्वजनिक भए। तर यो फिल्म पनि निर्माण चर्चामा मात्रै सीमित छ।

यसैबिच नीतिले बलिउड स्टार सुनिल सेट्टीसँग भेटेकी छिन् । सुनिलसँगको भेटपछि नीतिले दुईजनाको तस्बिर सार्वजनिक गरेकी छिन्। सुनिलसँगको यो तस्बिरसँगै नीतिको अर्को चर्चा सुरु भएको छ। नेपालमा चर्चा मात्रै भएपछि नीति बलिउडमा भविष्य खोज्न गएकी त होइनन् भनेर नीतिको अर्को चर्चा सुरु भएको हो। 

खासमा क्रिसमस इभको एक जमघटका क्रममा नीतिले सुनिललाई भेटेकी हुन्। त्यही भेटमा खिचेको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .