बलिउड अभिनेत्री आलिया भट्ट आमा भएको धेरै समय भएको छैन। उनी डेढ महिनाकी छोरी हुर्काइरहेकी छन्। उनी आमा बनेको छोटो समयमै आफ्नो नियमित दिनचर्यामा फर्किएकी छन्।
यसैबीच आलिया भर्खरै उनको योगा क्लासबाहिर देखिएकी थिइन्, जसको भिडिओ सार्वजनिक भएको छ। यो भिडिओमा उनी पहिलेजस्तै एकदमै फिट देखिएकी छन्।
आलिया भट्टले यसै वर्ष अप्रिलमा रणवीर कपुरसँग विवाह गरेकी थिइन्। अक्टोबरमा छोरीलाई जन्म दिइन्। गर्भावस्थामा आलियाको अलिकति तौल बढे पनि डेलिभरीलगत्तै आलिया फिट देखिएकी छन्।
उनको यो भिडिओ हेरेर फ्यानहरुले आलियाको तारिफ गरिरहेका छन्। हालै क्रिसमसको अवसरमा आलिया कपूर परिवारसँग क्रिसमस मनाएकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत फ्यानहरुलाई यो पार्टीको विशेष झलक पनि देखाएका थिए। यी तस्बिरहरूमा उनी पति रणवीर कपूर र सम्पूर्ण परिवारसँग देखिएकी छन्।
विवाहपछि आलियाले पहिलोपटक ससुराको घरमा क्रिसमस मनाएकी हुन्।
Shares
प्रतिक्रिया