नेपाली फिल्म उद्योगमा हिरोको पहिचान बनाएकी अभिनेत्री हुन् - रेखा थापा। नम्बर एक नायिकाको सूचीमा रहेकी रेखालाई दर्शकले नयाँ फिल्ममा देख्न नपाएको धेरै समय भयो। कारण रेखा फिल्मी दुनियाँ छाडेर राजनीतिमा लागिन्। तर फिल्ममा जस्तो राजनीतिमा रेखा सफल हुन सकिनन्। उनी पुनः फिल्ममा फर्किने तयारीमा छिन्।
आगामी फागुन र वैशाखमा रेखाका दुई फिल्म छायांकनमा जाने तयारीमा छन्। प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को एक गीतमा आइटम डान्स गरेकी रेखाले आफू आमा बन्ने तयारीमा रहेको खुलासा गरेकी छन्।
उनले ‘ह्यारीकी प्यारी’को गीत सार्वजनिक कार्यक्रममा भनिन्, ‘सन्तान र फिल्म सम्भवतः सँगै आउन सक्छ। नयाँ फिल्मको तयारीमा छौँ। जहाँसम्म बच्चाबच्चीको कुरा छ, त्यो भगवान्ले चाहे हुन सक्छ। यसरी बुझ्नुस न, भान्जाभान्जी र फिल्म सँगसँगै आउने तयारीमा छन्।’
Shares
प्रतिक्रिया